लेखनाथलाई पोखराबाट छुट्याउन प्रधानमन्त्री सगँ लेखनाथका व्यवसायीको माग

-


     क्लिक गण्डकी     
     फागुन ९ गते २०७९ मा प्रकाशित


लेखनाथलाई पोखराबाट छुट्याउन प्रधानमन्त्री सगँ लेखनाथका व्यवसायीको माग

लेखनाथलाई पोखराबाट छुट्याउन प्रधानमन्त्री सगँ लेखनाथका व्यवसायीको माग

पोखरा, ९ फागुन/ पोखरा महानगरपालिकाबाट लेखनाथ क्षेत्रलाई हटाएर छुटै नगरपालिका बनाउन माग गरेका छन् ।

पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सोमबार पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखनाथका व्यवसायीले लेखनाथलाई छुट्याएर नयाँ नगरपालिका बनाउन माग गरे ।

लेखनाथ उद्योग वाणिज्य संघले प्रचण्डलाई स्वागत गर्दै लेखनाथ नगरपालिका पुनस्र्थापना माग गरे । गाभिँदा विकासका गतिविधिबाट निकै पछि परेको गुनासो संघका अध्यक्ष छत्रधर आत्रेयले राखे ।

उनले यसबाहेक लेखनाथमा औद्योगिक क्षेत्र स्थापना, ताल संरक्षण, हाल उद्योगी व्यवसायीलाई परेका पीडा, क्रसर व्यवसायीहरुको व्यवस्थापन सम्बन्धीनीतिगत समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराए ।

गुनासो सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले पोखरामा लेखनाथ गाभेर एउटै बनाउने बेलामा भएको मतभेद र उद्योगी व्यवसायीको वर्तमान समस्याका बारमा आफू अवगत रेहेको बताएका थिए ।



Tags: