
पोखरा महानगरपालिका
पोखरा, ९ फागुन/ पोखरा महानगरपालिका स्थित वडा नम्बर २७, ३० र ३१ मा पर्ने तालचोक वेगनासताल सडक खण्डका दाया बाँयाका संरचना हटाउन पोखरा महानगरपालिका सूचना जारी गरेको छ ।
विश्व बैङ्कको आर्थिक सहयोगमा स्तरोन्नति हुन गइरहेकोले उक्त सडकको क्षेत्राधिकार भित्रको सडकको केन्द्रबाट दायाँ–बायाँ ५०/५० फिट भित्र पर्ने घर, टहरा, अस्थायी संरचना, खेतीपाती साथै व्यक्तिगत प्रयोजनका सम्पूर्ण सामाग्रीहरू हटाउन सूचना प्रकाशन गरेको छ ।
सूचनामा १५ दिन भित्र हटाई विकास निर्माण कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।





