पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाउने कुरामा हुन सक्दैनः महासचिव गुरुङ

-


     क्लिक गण्डकी     
     फागुन ७ गते २०७९ मा प्रकाशित


पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाउने कुरामा हुन सक्दैनः महासचिव गुरुङ

पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाउने कुरामा हुन सक्दैनः महासचिव गुरुङ

पोखरा, ७ फागुन/ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ राष्ट्रपतिका लागि सबैले समर्थन गर्ने पात्रको खोजी भइरहेको बताएका छन् । राष्ट्रिय सहमति जुट्न सक्ने खालको व्यक्तिलाई नयाँ राष्ट्रपतिमा आफ्नो पार्टीले सहयोग गर्ने बताए ।

प्रेस सेन्टर कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमालेले सबैलाई मान्य हुने उम्मेदवार ल्याउनु पर्ने बताए । उनले सरकारको सिफारिसलाई अवमूल्यन गर्ने र कहिले संसदको सिफारिसलाई अवमूल्यन गर्ने खालको हुनु भएन ।

उनले राष्ट्रपतिको प्रस्तावक जो भएपनि संविधानको संरक्षक र मुलुकको परिवर्तनलाई आत्मसात् गर्ने हुनु पर्ने बताए । पूर्व राजालाई राष्ट्रपति बनाउँदा के हुन्छ भन्ने पत्रकारको प्रश्नमा नेता गुरुङले कोरा राष्ट्रवादले नेपालको रक्षा नहुने बताउदै पूर्व राजाले दिनुभएको वक्तव्यले विचारमा आत्मसातीकरण नभएको बताए । उनले यो अवस्थामा पुर्वराजालाई राष्ट्रिपति बनाउने काम हुन नसक्ने बताए ।

उनले अहिले नेपालका विदेशी राष्ट्रहरुले नेपालमा शक्तिकेन्द्र चलाएको बताउदै राष्ट्रियताको रक्षाका लागि राष्ट्रपति साझा बनाउन आवश्यक रहेको बताए ।