अनेरास्ववियुको अध्यक्षमा समिक बडाल बिजयी

-


     क्लिक गण्डकी     
     फागुन ५ गते २०७९ मा प्रकाशित


समिक बडाल

समिक बडाल

काठमाडौं, ५ फागुन/ नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल बिजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशनले निवर्तमान महासचिव बडाल अध्यक्षमा बिजयी भएका हुन् ।

गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, आशिर्वाद सुबेदी, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् ।