पोखराबाट हराएका सहकारीकर्मी गौतम विरगञ्जमा मृत फेला

-


     क्लिक गण्डकी     
     माघ २९ गते २०७९ मा प्रकाशित


बलराम गौतम

बलराम गौतम

पोखरा, २९ माघ/ पोखराका व्यवसायी तथा सहकारीकर्मी बलराम गौतम विरगञ्जमा मृत फेला परेका छन् । माघ २ गतदेखी सम्पर्कविहीन भएका गौतम शनिबार बिहान विरगञ्ज बसपार्कको पार्कमा मृत फेला परेको परिवारले जनाएको छ ।

गौतम सम्पर्कविहिन भएदेखीनै उनको खोजी गर्ने क्रममा भारतमा रहेको खुलेको थियो । गौतमले आफन्तलाई मोबाइलमा सन्देस लेखेर आफू भारतमा रहेको जानकारी दिएका थिए । उनी नेपाल आएपछि पार्कमा मृत फेला परेका थिए । उनलाई हृदयघात भएको आशंका गरिएको छ ।

सिसिटिभी फुटेजमा विरगञ्ज बसपार्कको पार्कमा ५ः३० बजे गौतम आएको देखिएको प्रहरीले जनाएको छ । त्यसपछि शौचालय गएको देखिने र पार्कमा बस्ने कुर्सीमा चिया लिएर आरामले बसेर चिया खाएको अवस्थामा टाउको झुकेको देखिने छ ।

प्रहरीले शनिबार ८ः४५ बजे पार्कबाट अस्पताल लगेको थियो । मृतक गौतमको शव पोष्टमार्टम गरी शनिबार राति पोखरा ल्याइएको थियो ।

पोखरा ४ गैहपाटन निवास बस्दै आएका थिए । उनका आइतबार पोखरा तुलसीघाटमा अन्तेष्टी गरेका छन् । उनको श्रीमति र तीन छोरी हुनुहुन्छ ।



Tags: