
पोखराको लेकसाइड कर्नरको भवनमा आगलागि
सागर राज तिमिल्सिना
पोखरा, २८ माघ/ पोखरा महानगरपालिका हल्लनचोक नजिएकको एक भवनमा आगलागि हुदाँ ठुलो क्षती भएको छ । हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आगलागि भएको हो । आगलागिबाट सेलवेज डिपार्टमेण्टल स्टोर्स, हिमालयन जाभाको स्टोर्स र अन्य टे«किङ पसलको गोदाममा आगालागि भएको हो ।
करिब ५ बजे भएको आगाली नियन्त्रणका प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले दमकल र पानी ट्रयाङकरको साहेताले आगलागि नियन्त्रणका लागि प्रयास जारी रहेको छ ।
आगोलागिबाट नविल बैंक, सेलवेज डिपार्टमेण्टल स्टोर्स, ३ वटा रेष्टुरेण्ट, टे«किङ सप, ¥याफ्टिङ लगाएतका व्यवसायलाई क्षेति पुगेको छ । ठुलो मात्रामा क्षेति भएको व्यवासायीहरुले बताएका छन् ।






