
पोखरामा ‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ हुने
पोखरा, २० माघ/ एसआई युके कन्सल्टेन्सीले पोखरामा ‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ आयोजना गर्ने भएको छ। माघ २र्२ फेब्रुअरी ५ै गते पोखरामा हुने एजुकेशन फेयरको तयारी पुरा भएको कन्सल्टेन्सी पोखराका प्रमुख सागरबाबु गिरीले बताए ।
युकेमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी फेयर आयोजना गरिएको हो । फेयरमा विद्यार्थी तथा अभिभावकले युकेमा रहेका प्रतिष्ठित २५ भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिहरुसँग सिधै भेट्न तथा आफ्ना जिज्ञासा राख्न पाउने भएका हुन् ।
फेयरमा सहभागी हुने विद्यार्थीहरुलाई स्मार्ट फोन, फिल्म टिकट र उत्कृष्ट पाँच जना विद्यार्थीलाई हवाई टिकटलगायत विभिन्न उपहार प्रदान गरिने एस आई युके कन्सल्टेन्सीका प्रमुख गिरीले जानकारी दिए ।
बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। फेयरमा सहभागी भएर विदेशमा उच्च शिक्षा अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण जानकारी लिन एसआईयुके कन्सल्टेन्सीले आग्रह समते गरेको छ ।