
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको गण्डकी प्रदेशको अध्यक्षमा चिरिन्जिवि
पोखरा, १५ माघ/ नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको गण्डकी प्रदेशको अध्यक्षमा चिरिन्जिवि पोख्ररेल चयन भएका छन् । शनिबार भएको तेस्रो अधिबेशनले पोख्ररेलको अध्यक्षतामा २१ सदस्यिय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा वसन्त राज दवाडी, रामचन्द्र शर्मा, जमुना पराजुली रहेका छन् । त्यसै गरी सचिवमा मिलन तिवारी र सहसचिवमा प्रशान्त आचार्य, विश्वराज पोख्रेल र फरेन्द्र थापा मगर रहेका छन् ।
त्यसै गरी कोषाधक्ष्यमा सुसिला सिग्देल चयन भइन् । समितिको सदस्यहरु फुलमती थापा, रन देवी गुरुङ, छेवाङ रिन्जिङ गुरुङ, सुशिला भण्डरी, विश्वराज अधिकारी, कविता गुरुङ, लक्ष्मी लामिछाने, प्रमिला गौतमलाई चयन गरिएको छ । अधिबेशनले ५ वुदे पोखरा घोषणापत्र जारी पनि गरेको छ ।





