
टाईगर कप भलिबल फाइल तस्बिर
पोखरा, १४ माघ/ तेस्रो टाईगर कप भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधि गण्डकी प्रदेश र महिला तर्फ एपिएफले जितेको छ ।
गण्डकीले सशस्त्र प्रहरी बललाई ३–२ सेटमा हराउदै दोस्रो पटक टाईगर कप भलिबलको उपाधि जित्न सफल भयो । गण्डकीले आर्मीलाई १६–२५, २५–१८, २५–१९, २८–२६ र १५–८ ले हरायो । गण्डकीले उपाधि सहित ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा एपिएफले २ लाख ५० हजार प्राप्त गर्यो ।
तेस्रो स्थानमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई हराउदै नगद १ लाख २५ हजार प्राप्त गर्न सफल भयो । त्यसै गरी आर्मीले सान्त्वना हुदै नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्न सफल भयो ।
महिला तर्फको उपाधि सशस्त्र प्रहरी बलले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पन्छाउँदै उपाधि जितेको हो । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाईनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो ।
एपिएफले आर्मीलाई २५–२०, २२–२५, २५–८ र २५–२२ को सेटमा हरायो । सशस्त्रले ५ लाख रुपैयाँ नगद राशीको पुरस्कार प्राप्त गर्यो । आर्मीले २ लाख ५० हजार प्राप्त गर्यो । महिला तर्फ न्युडामण्डले गण्डकी प्रदेशलाई हराउदै तेस्रो हुदै नगद १ लाख २५ हजार र गण्डकीले सान्त्वना हुदै नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।





