
टाईगर कप भलिबलः महिला भलिबल उपाधि सशस्त्रलाई
पोखरा, १४ माघ/ तेस्रो टाईगर कप भलिबल प्रतियोगिताको उपाधिमा सशस्त्र प्रहरी बलले जितेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पन्छाउँदै उपाधि जितेको हो ।
टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाईनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो ।
एपिएफले आर्मीलाई २५–२०, २२–२५, २५–८ र २५–२२ को सेटमा हरायो । सशस्त्रले ५ लाख रुपैयाँ नगद राशीको पुरस्कार प्राप्त गर्यो । आर्मीले २ लाख ५० हजार प्राप्त गर्यो ।





