
पोखरा बसपार्कको मास्टर प्लान तस्बिरः सुर्दशन रञ्जित
पोखरा, ३० पुस/ पोखरा बसपार्कको मास्टर प्लान तयार भएको छ । तयार भएको मास्टर प्लान पोखरा महानगरपालिका ९ का अध्यक्ष दिपेन्द्र मर्सानीलाई प्राविधि टोलीले बुझाएको छ ।
पोखारमा योजनाबद्ध सहर बनाउने उद्देश्यले २०३०/३१ मा पोखरामा भौतिक विकास गुरुयोजना अनुसार जग्गा अधिग्रहण गरेका थिए । २०३२ सालमा हालको पृथ्वीचोकस्थित बसपार्क बनाउन २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेका थिए ।
अधिग्रहण गरिएको २ सय ५ रोपनी जग्गा खुम्चिँदै ८२ रोपनीमा सीमित छ । ५ रोपनी जग्गा ट्रायल चेक गर्दा घटेको थियो ।
पछि पृथ्वीराजमार्गको सडक खण्डमा केही जग्गा परेपछि १ सय ८७ रोपनी १० आना ३ पैसा १ दाम जग्गा कायम भएर ४ किल्ला प्रमाणीत गरि नेपाल राजपत्रमा सुचना प्रकाशित गरिएको थियो ।
जग्गा पोखरा उपत्यका नगरविकास समिति हुदै पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको छ ।






