गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

-


     क्लिक गण्डकी     
     पौष २९ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी

पोखरा, २९ पुस/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ३१ जना सांसदको विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीमा आफूलाई विश्वासको मत दिन उनले शुक्रबार संसदमा राखेको प्रस्तावको पक्षमा ३१ सांसदले मत हालेका छन् । नेकपा एमालेका २१ माओवादीका ८ र राप्रपाका २ जना सांसदले विश्वासको मत दिएका हुन् ।

प्रदेश सभाका कुल ६० जना सांसद मध्ये नेपाली काग्रेसका २७ जना सांसदले भने उनको प्रश्वाको विपक्षमा मतदान गरेका थिए । स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दिपक मनाङे संसदमा उपस्थित भएनन् ।

विश्वासको मत माग्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूहरुले प्रदेशको औचित्व पुष्टि गर्नुपर्ने बताए । उनले प्रदेशको आवश्यकता माथि प्रश्न उठेको बताउदै प्रदेश जनताको नजिकको सरकार भन्ने काम गरेर देखाउनु पर्ने बताए ।

विपक्षमा मतदान गर्ने बताउदै नेपाली काग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेशको विकासमा सहकार्य गरेर सरकार सँग अगाडी बढ्ने बताए । उनले सरकारलाई मन दिएपनि मत दिन नसक्ने बताए ।

त्यसै गरी नेकपा माओवादीका संसदीय दलका नेता हरी चुमान, राप्रपाका संसदीय दलका नेता पन्चराम गुरुङले सर्मथन जनाएका थिए । गण्डकी प्रदेशसभाको बैठकमा अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत मागेका थिए ।



Tags: ,