
डुलुवा टिमद्धारा पर्वतको पालुस्थान माविका विद्यार्थीलाई सामग्री सहयोग
पोखरा, २८ पुस/ पोखरा लेकसाइडका युवाहरुको समुह डुलुवा टिमले पर्वतको पैँयु गाउँपालिकामा रहेको पालुस्थान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला, शैक्षिक र खेलकुद सामग्री प्रदान गरेका छन् । विद्यालयमा रहेका नर्सरी देखी कक्षा ५ सम्मका ९० जना विद्यार्थीलाई स्कुल व्याग, शैक्षिक र खेलकुद सामग्री वितरण गरेका हुन् ।
कार्यक्रममा पैँयु गाउँपािलकाका उपाध्यक्ष यामकुमारी रानाले डुलुवा टिमको सहयोगले आफ्नो क्षेत्रका स्कुलको शैक्षिक सुधार गर्न सहयोग पुग्ने बताइन् । उनले विद्यार्थीको शैक्षिक सुधार गर्दै विद्यार्थीको स्वास्थ्य जाचँका कार्यक्रम पनि ल्याउने योजनामा रहेको जानकारी दिइन् ।
विद्यालयका प्रधानध्यापक पूर्णचन्द्र काफ्लेले डुलुवा टिमको सहयोगले विद्यार्थीलाई पढाउन केही मात्रामा भएपनि सहज हुने बताए । त्यसै गरी डुलुवा टिमका अध्यक्ष सुनिल भट्टराईले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको र अन्य ठाउँमा पनि निरन्तर वितरण गर्ने बताए । उनले आफुहरुको सहयोगले ग्रामिण क्षेत्रमा रहका विद्यार्थीको शैक्षिक स्त्रर बृद्धिमा केही भएपनि सहयोग पुग्ने बताए ।
कार्यक्रम संयोजक योगेश भट्टराईले स्कुलको आतिथ्यताले डुलुवा टीमलई सामाजिक सेवामा लाग्न थप हौसला मिलेको बताए । डुलुवा टिम पर्यटन प्रर्वद्धन गर्दै पर्वतका विभिन्न ठाउँमा डुलेर पोखरा फर्किने छ ।





