मादी गाउँपालिकाका निर्वतमान वडाध्यक्षको आगोलागिबाट मुत्यु

-


     क्लिक गण्डकी     
     पौष १८ गते २०७९ मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, १८ पुस/ कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको घरमा आगोलागि हुदाँ जलेर मृत अवस्थापमा भेटिएका छन् । निर्वतमान वडाध्यक्ष समेत रहेका उनी जलेको अवस्थामा मृत भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए ।

आइतबार राति सुरजको घरमा आगो लागेको वडा अध्यक्ष गुरुङले बताए । राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सुरजकुमार २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

गुरुङ घरमा एक्लै बस्ने गर्थे । आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिए । तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए । के कारणले आगलागी भएको भन्ने यकिन हुन सकेको छैन ।