पोखरामा सडकबाटै नयाँ वर्षको भव्य स्वागत

-


     क्लिक गण्डकी     
     पौष १७ गते २०७९ मा प्रकाशित


आतास बाजि

पोखरा, १७ पुस/ पोखरेलीहरुले सडकबाटै अग्रेजी नयाँ २०२३ को स्वागत तथा २०२२ को विदाई गरेका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको २४ औं पोखरा सडक महोत्सवको रमाइलोसंगै अंग्रेजी नयाँवर्षको स्वागत गर्न शनिबार हजारौ पोखरेलीहरु लेकसाइड पुगे ।

मध्यरातमा सडकबाटै एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरे । राती १२ बज्नै लाग्दा पोखरा पटकपट्काउदा सडकमा रहेका हजारौले उत्साही भएका थिए ।

रेवान पोखराले सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ भन्ने नाराका सडक महोत्सव आयोजना गर्दै आएको छ । सकड महोत्सवमा रमाउन आन्तरीक, भारतीय र बंगलादेशबाट सय वर्ष धेरै पर्यटक आएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।

नयाँ वर्षको स्वागत गर्न विदेशि तथा स्वदेशि पर्यटकहरुले लेकसाइडको बाटो खचाखच भरिएको थियो । सबैले पिडा भुलेर नयाँ संकल्प, नयाँ उद्देश्य र नयाँ उर्जाका साथ पोखरामा नयाँ बर्ष २०२३ को स्वागत गरे ।

आतास बाजि
आतास बाजि