पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको सेवाका लागि सार्वजनिक बस सेवा

-


     क्लिक गण्डकी     
     पौष १६ गते २०७९ मा प्रकाशित


सार्वजनिक बस सेवा

सार्वजनिक बस सेवा

पोखरा, १६ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको सेवाका लागि सार्वजनिक बस सेवा सञ्चालन गरिने भएको छ ।

विमानस्थल भित्र २ वटा ३ /३ मिनेटको फरकमा, विमानस्थलबाट अमरसिंह चोक–विरेन्द्रचोक–राम बजार–मितेरी पुल–आरटिओ रोड–विरौटाचोक–राष्ट्रबैकचोक हुँदै फिस्टेल गेटसम्म ४ वटा बस १०/ १० मिनेट को फरकमा र एउटा बस विमानस्थलबाट वेगनासतालसम्म नन स्टप सञ्चालन गरिने भएको हो ।

पोखरा बस यातायात प्रा।लीसँगको सहकार्यमा सञ्चालन गरिएको नियमित सार्वजनिक बस सेवाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ज्युले शुभारम्भ गर्नुभएको हो । यसले निजी सवारी साधन नभएका यात्रुहरूका लागि सहजता पुग्ने विश्वास गरिएको छ ।



Tags: