पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने

-


     क्लिक गण्डकी     
     पौष १४ गते २०७९ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको परीक्षण उडान, जनवरी १ देखी व्यवसायीक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको

पोखरा, १४ पुस/ तीन पछि सञ्चालनमा आउन लागेको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा–काठमाडौं–पोखरा रुटमा रात्रिकालीन उडान हुने भएको छ । पोखरा विमानस्थलबाट रात्रिकालीन उडानको सुविधा थिएन ।

पोखरा १७ अर्थात १ जनवरी २०२३ देखि नयाँ विमानस्थलबाट सेवा शुरु हुदैछ बुद्ध एयरले यो विमानस्थलमा २३ फेब्रुअरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो ।

कम्पनीले पोखरालाई हब बनाएर मुलुकका विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने समेत जनाएको छ । पोखरालाई अन्य कम्पनीले समेत अब क्षेत्रीय हब बनाउने भएका छन् ।

गुण एयरलाइन्सले पोखराबाट क्षेत्रीय विमानस्थलहरुमा उडान थाल्ने बताएको छ । नयाँ विमानस्थलमा आईएफआर प्रविधि जडान भएका कारण कम भिजिविलिटीमा समेत उडान हुने पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।



Tags: