पोखरामा सडक महोत्सव सुरु, विभिन्न ठाउँको संस्कृती सडकमा

-


     क्लिक गण्डकी     
     पौष १३ गते २०७९ मा प्रकाशित


पोखरामा सडक महोत्सव सुरु, विभिन्न ठाउँको संस्कृती सडकमा

पोखरामा सडक महोत्सव सुरु, विभिन्न ठाउँको संस्कृती सडकमा

पोखरा, १३ पुस/ सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित पोखरमा बुधबार देखि २४ औ पोखरा सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत २३ वर्ष देखी महोत्सवको आयोजना गर्दै आएको छ ।

लेकसाइडको हल्लनचोकबाट सुरु विभिन्न सास्कृतीक झाँकी सहितको ¥यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उद्घाटन गरे ।

पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ । विभिन्न झाँकीमा स्वदेशी तथा विदेशी पर्यटकहरु रमाएका थिए । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्त गरी मेला आयोजना गरीएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।

खुल्ला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सास्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने छन् । महोत्सवलाई लक्षित गरि लेकसाईड क्षेत्रलाई दुलही झै सिगारिएको छ । पुस १७ गते सम्म संचालन हुने महोत्सव रङगीचङगी भएको छ । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरुमा रङगरोगन गरिएको छ भने रङगीचङगी धोजा पताकाले टागेर सिगारिएको छ ।

अग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरीएको महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आक्रषण रहेका छन् । पाँचदिने सडक महोत्सवमा महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत साँस्कृतिक कार्यक्रमकाहरु प्रस्तुत हुने छन् । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन् ।



Tags: