
ठगबहादुर केसी
रूपन्देही, ११ पुस/ सिआइभीले सुन र नगद सहित प्रक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखिएको छ ।
केन्द्रिय अनुसन्धान व्युरोको टोलीले आइतबार साँझ उनलाई बुटवलस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । डीएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानको लागि सीआईबीको टोली खटिएको थियो ।
उनको निवासबाट ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक र ३५ तोला सुन बरामद गरिएको थियो । केही दिनअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका उनी सोमबार रमाना लिएर जाँदै थिए ।
तर, रमाना लिनुअघि नै उनी अनुसन्धान टोलीको नियन्त्रणमा गरेको थियो । कास्कीका डीएसपी सुन्दर खनालको सरुवा भएपछि उनका ठाउँमा कसी आउदै थिए ।





