
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १० पुस/ पोखरा अन्तराष्ट्रिय विमानस्थल अग्रेजी नयाँ वर्षबाट उडानका तयारी रहदा विभिन्न एयरलाइन्सले उडानका लागि चासो देखाएका छन् । अन्तर्राष्ट्रिय उठानका लागि नेपाली हवाइ कम्पनी उडानका तयारी गर्दा र विदेशी हवाइ कम्पनीले चासो देखाएका छन् ।
विमानस्थल संचालनमा आएसँगै आन्तरिक उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु गर्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले छ । अन्तर्राष्ट्रिय हवाई कम्पनिले अहिले पोखरासँगको व्यवसायिक सम्भाव्यता अध्ययन गर्दै सिधा उडान गर्न सकिने बारे चाँसो दिएका पोखरा विमानस्थलका प्रमुख बिक्रम गौतमले बताए ।
अन्तर्राष्ट्रिय र आन्तरिक आधादर्जन हवाई कम्पनिले विभिन्न सहरदेखि पोखरासम्म सिधा उडानका लागि चाँसो देखाएको उनको भनाई छ । गौतमले कुवेतको जजिरा, थाइल्याण्डको थाई स्माईल, कतार एयरवेज, फ्लाई दुवइ र स्वदेशी कम्पनि हिमालय एयरलाइन्स र बुद्ध एयरले पोखरासम्म सिधा उडान गर्न चाँसो देखाएको बताए ।
पहिलो दिन नै बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानको सुरुवात गर्ने चाहना बमोजिम पोखरादेखि भारतको वनारसम्म सिधा उडान गर्नका लागि प्रक्रिया अघि बढाइसकेको छ । नयाँवर्षको पहिलो दिन जनवरी १ मा पोखरा–वनारस डेमो उडान गर्ने बुद्धको तयारी छ । बुद्धले पोखराबाट बनारस, दिल्ली र देहरादुन उडानको योजनामा रहेको बुद्ध एयरका निर्देशक रुपेश जोशीले बताए ।
एयरलाइन्सले यात्रु चाँप, सम्भावित कार्गाे लोडबारे आन्तरिक रुपमा विश्लेषण गरेर उठान गर्ने नर्गेने बारेमा निर्णय गर्ने गर्दछन् । पोखरामा पर्याप्त पर्यटक आउने हुदाँ विमान कम्पनीहरुको बढि चासो छ । विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ ।






