रंगरोगन गरेर चिटिक्क पारिदै गण्डकी प्रदेश सभा

-


     क्लिक गण्डकी     
     मंसिर २६ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, २६ मंसिर/ गण्डकी प्रदेशसभा हल र परिसर नयाँ सांसदको स्वागतमा रंगरोगन गरेर चिटिक्क पारीदै छ । पहिलो सभा सकिएर दोस्रो सभा सुरु नभएको अवस्थामा भौतिक संरचना मर्मत र रंगरोगन गर्ने काम भइरहेको गण्डकी प्रदेश सभाका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

प्रदेश सरकराले छुट्याएको दश लाखको लगानीमा सभाहलको मर्मत, दलका कार्यालय व्यवस्थित गर्ने, सभामुख, उपसभामुख, पदाधिकारीहरुका आवास भवन मर्मतको काम पनि भइरहेको उनले बताए । सवारी साधान मर्मत, पुस्तकालय तयार गरिदै गरेको बताए ।

जुन सुकै बेलामा सरकारले अधिवेशन आब्हान गर्न सक्ने भन्दै तयारी गर्न लागेको बताए । गण्डकी प्रदेशमा नेपाली काग्रेसले २७ सिट, एमालले २२ सिट, नेकपा माओवादीले ८, राप्रपा २ र राजिब गुरुङ नेकपा एसमा प्रबेश गरेर सगँ एक सिट नेकपा एसको रहेको छ ।