पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तयारी, बिहीबार हवाई उद्धार अभ्यास

-


     क्लिक गण्डकी     
     मंसिर २३ गते २०७९ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तयारी, बिहीबार हवाई उद्धार अभ्यास

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तयारी, बिहीबार हवाई उद्धार अभ्यास

पोखरा, २३ मंसिर/ पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार आगोको ठूलो मुस्लोधुवाँ देखीयो । वारुणयन्त्र र एम्बुलेन्सको साइरनले गुन्जयमान भयो । विमनस्थल वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको होकी भने भान भयो । विमानस्थलमा गरिएको ‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यास कार्यक्रमका क्रममा यस्तो भएको हो ।

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यास गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । पोखरा अन्तराष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि संचालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरण (क्यान)को तयारी छ । विमानस्थलको क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण) भईसकेको छ ।

अबको केहीदिनभित्र क्यालिब्रेसन फ्लाईटको रिर्पोट आउने र त्यसपछि व्यवसायिक उडानको परीक्षण भएपछि नियमित उडानको हुनेछ । विमान दुर्घटना भईहालेमा कसरी उद्धार गर्ने भनेर अभ्यस्त हुनका लागि यो अभ्यास गरेको गौतमले बताए ।
हवाई दुर्घटना भइहालेमा कसरी उद्धार गर्ने र यात्रुको ज्यान कसरी जोगाउने भनेर सबै निकायसँगको समन्वयमा यो उद्धार अभ्यास गरेको विमानस्थलले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तयारी, बिहीबार हवाई उद्धार अभ्यास

अभ्यासको क्रममा हवाई दुर्घटनाको अभ्यास, उद्धार, आगलागी नियन्त्रण, उपचारका लागि अस्पतालसम्म पु¥याउने लगायतका अभ्यास गरिएको थियो । काल्पनिक कथा बनाएर विमान दुर्घटना पछि कसरी उद्धार गरेर अध्यास गरेका थिए । अनामपुर (अनाम नगर)भन्ने ठाउँ बाट एबीसी एयरलाइन्सको लुम १२३ भन्न जहाज आउँदै गर्दा करिव २५ माइल आइपुग्दा जहाजको दायाँ इन्जिनमा समस्या देखिन्छ ।

निरन्तर आइपुग्दा करिव १० माइलमा आइपुग्दा दुईवटै इन्जिन फेलह हुन्छ । उसले प्रायोरोटी माग्छ । पोखरा इन्टरनेशनल एयरपोटको कन्ट्रोल टावरले यसलाई प्रायोरोटी दिन्एको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।
प्रवक्ता जोशीले फुल स्केलमा अभ्यास गरेको बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार गरिएको आपतकालिन अभ्यासमा बिमानस्थलमा फायर फाइटर, नेपाली सेना, नेपाल प्रहरी, विमानस्थल सुरक्षा गार्ड, स्वास्थ्यकर्मी, एयरलाइन्सका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।