पोखरा लेकसाइडका होटल तथा रेष्टुरेण्टलाई स्तरीकरणको लोगो, कुन कुनले पाए

-


     क्लिक गण्डकी     
     मंसिर २१ गते २०७९ मा प्रकाशित


पोखरा लेकसाइडका होटल तथा रेष्टुरेण्टलाई स्तरीकरणको लोगो, कुन कुनले पाए

पोखरा लेकसाइडका होटल तथा रेष्टुरेण्टलाई स्तरीकरणको लोगो, कुन कुनले पाए

पोखरा, २१ मंसिर/ पोखराको लेकसाइड होटल तथा रेस्टुरेण्टहरुलाई सुचकांकका आधारमा स्तरीकरणको लोगो वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कास्कीले खाद्य स्वच्छताका आधारमा होटल तथा रेस्टुरेण्टलाई स्तरीकरण तथा लोगो वितरण गर्ने कार्य शुरु गरेको हो ।

रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) र होटल एसोसिएसन नेपाल (हान) को सहकार्यमा पोखराका १४ वटा रिसोर्ट, होटल तथा रेस्टुरेन्टलाई स्तरीकरणसँगै लोगो वितरण गरिएको खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले जानकारी दिए । खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार विभिन्न ५० वटा सूचकलाई आधार मानेर होटल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्यांकन गरिएको कुँबरले बताए ।

एउटा सूचकलाई २ नम्बर दिएर मूल्यांकन गर्दा ९० भन्दामाथि अंक ल्याउने होटलमा अति उत्तम (३ वटा स्टार सहितको हरियो), ८०–८९ अंक ल्याउने उत्तम (२ स्टारसहितको हरियो), ६५–८९ अंक ल्याउने सन्तोषजनक (१ स्टारसहित हरियो) र ५०–६४ अंक ल्याउनेलाई सामान्य (पहेंलो) लोगो टाँसिने कुँवरले जानकारी दिए ।

सूचकांकका आधारमा माउन्ट कैलाश, फ्रेस इलेमेन्ट, वरपीपल रिसोर्ट, होटल सरोवर, टेम्पल ट्रि रिसोर्ट, अतिथि रिसोर्ट र उत्तम होटलले स्तरीकरण लोगो प्राप्त गरेका छन् । यस्तै, मेट फाइभ, हवर क्याफे, प्याराडिसो, डुंगा रेस्ट्रो, मुन डान्स, होटल सहारा र होटल आइसल्यान्ड सन्तोषजनक होटलमा पर्न सफल भएका छन् ।