कास्की १ मा मनबहादुर र कास्की १ क मा खगराज जित नजिक

-


     क्लिक गण्डकी     
     मंसिर ९ गते २०७९ मा प्रकाशित


एमालेबाट मुख्यमन्त्री दाबेदार खगराज अधिकारले मनोनयन दर्ता गरे

एमालेबाट मुख्यमन्त्री दाबेदार खगराज अधिकारले मनोनयन दर्ता गरे

पोखरा, ९ मंसिर/ कास्कीको निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका उमेद्वार मनबहादर गुरुङको अग्रता कायमै रहेको छ ।

उनले २२ हजार ९ सय २६ मत प्राप्त गरेका छन् । त्यसै गरी नेपाली काग्रेसका किशोरदत्त बरालले २० हजार ३ सय ९ मत प्राप्त गरी मनबहादुरलाई पछ्याइ रहेका छन् ।

त्यसै गरी कास्की १ क मा नेकपा एमालेका खगराज अधिकारीले अग्रता कायमै राखेका छन् । अधिकारीले १२ हजार ८९ मत प्राप्त गर्दा नेकपा माओेवादीका दिपक कोइरालले ८ हजार ९ सय ९४ मत प्राप्त गरे ।

कास्की १
नेकपा एमाले मनबहादुर गुरुङ २२९२६
नेपाली काग्रेस किशोरदत्त बराल २०३०९

कास्की १ क
नेकपा एमाले खगराज अधिकारी १२०८९
नेकपा माओवादी दिपक कोइराला ८९९४

कास्की १ ख
नेकपा एमाले बेदबहादुर गुरुङ १२६६१ विजयी
नेपाली काग्रेस दिपक गुरुङ माइला ११७९४



Tags: , ,