कास्की २ प्रतिनिधिसभामा विद्या भट्टराई विजयी

-


     क्लिक गण्डकी     
     मंसिर ८ गते २०७९ मा प्रकाशित


विद्या भट्टराई

विद्या भट्टराई

पोखरा, ८ मंसिर/ प्रतिनिधि सभा सदस्य निर्वाचन कास्की क्षेत्र नम्बर–२ बाट एमालेकी विद्या भट्टराई विजयी भएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेललाई ४ हजार ५ सय ३ मतले हराउँदै विजयी भइन् । भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पाटी माधवप्रसाद कंडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गरे ।

त्यसै गरी गठबन्धका तर्फबाट उमेद्वार बनेका नेकपा एकिकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरे । विद्या भटटराईले अघिल्लो उपनिर्वाचनमा २४ हजार ३ सय ९४ मत ल्याउदै विजयी भएकी थिइन् ।



Tags: , ,