पोखरामा लक्जरी सर्भिस सहित अर्पाटमेन्ट ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा

-


     क्लिक गण्डकी     
     कार्तिक २६ गते २०७९ मा प्रकाशित


पोम्स पेन्टहाउस

पोम्स पेन्टहाउस

पोखरा, २५ कार्तिक/ पोखरा लामो होस् वा छोटो समय बस्नका लागि आउने पर्यटकलाई लक्ष्त गर्दै लक्जरी अपार्टमेन्ट सञ्चालनमा आएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले लेकसाइडस्थित वाराही पथमा ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा ल्याएका हुन् । ग्रुपमा आउने र परिवार सहित आउनेलाई लक्ष्त गरेर सञ्चालनमा ल्याएको उनले बताए ।
घरमा चाहिने सम्पूर्ण सुविधा अपार्टमेन्टमा उपलब्ध भएको बताए । उनले किचन, ग्याँस, भाँडाकुडा लगायत घरमा आवश्यक पर्ने सबै सेवा सुविधा रहेको बताए ।

पोखरामा परिवार सहित आउने पर्यटकका लागि अपार्टमेन्ट निकै उपयोगी हुने श्रेष्ठले बताए । ‘लामो समय पोखरा बस्न चाहने पर्यटकलाई अपार्टमेन्ट निकै प्रभावकारी हुनेछ,’ उनले भने । यद्यपि, एक दिनमात्रै वा छोटो समय बस्नेले पनि अपार्टमेन्टको सुविधा लिन सक्ने श्रेष्ठले जानकारी दिए ।’ पारिवारिक वातावरणमा सेवा लिन चाहनेहरुका लागि अपार्टमेन्ट उपयुक्त हुने बताए ।

एक रातको नेपालीका लागि ३ हजार देखी १२ हजार सम्म नेपालीलाई र विदेशीलाई ४० डलर देखी १२० डलर सम्म लिने गरेको बताए । करिब १० आना क्षेत्रफलमा निमार्ण भएको अपार्टमेन्ट निर्माण करिब १० करोड खर्च भएको श्रेष्ठले बताए ।

उनले स्टुडियो अपार्टमेन्ट ६ वटा, दुई बेर्डरुपको ४ वटा, थ्री बेर्डरुपको १ र ६ वटा सेरिङ किचन रुम रहेको उनले बताए । श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा प्रदान गर्ने गरी सेवा सुरु गरेको बताए ।



Tags: , ,