महिला ह्याण्डबलमा आर्मीलाई स्वर्ण

-


     क्लिक गण्डकी     
     असाेज २९ गते २०७९ मा प्रकाशित


महिला ह्याण्डबलमा आर्मीलाई स्वर्ण

महिला ह्याण्डबलमा आर्मीलाई स्वर्ण

पोखरा, २९ असोज/ त्रिभुवन आर्मीले महिलाह्याण्डबलको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाईनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

खेल सकिन दुई मिनेट बाँकी छदाँ १५–१६ स्थितिमा पछि परेको आर्मीले दुईमिनेटमा दुई गोल गर्दै स्वर्ण पक्का गरयो ।

पहिलो हाफमा ९–८ गोलले मात्रै अग्रता लिएको आर्मी १४–१४ स्कोरमा निकै रोचक प्रतिस्पर्धा भएको थियो । एक गोलले पछि रहँदै आएको सशस्त्रले १६–१४ को स्थितिमा अग्रता समेत लिएको थियो । तर अग्रतालाई जोगाउन नसक्दा अन्तिम समयमा १७–१६ को स्कोरमा गुमाउँदै सशस्त्र प्रहरीले रजत पदकमा खुम्चिन पुग्यो ।

महिला तर्फको तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा गण्डकीले प्रदेश नं १ लाई पराजित गर्दै कास्य पदक जित्यो । गण्डकीले २२–७ स्कोरमा पराजित गर्दै कास्य पदकमा चिक्त बुझाएको छ ।



Tags: