विमल, अनन्त लगाएतका एनआरएनए फुटबल टिमका खेलाडी खेल्न नपाउने

-


     क्लिक गण्डकी     
     असाेज २९ गते २०७९ मा प्रकाशित


नवौं राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा एनआरएनएको बिजयी शुरुवात

नवौं राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा एनआरएनएको बिजयी शुरुवात

पोखरा, २९ असोज/ नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा गैह्रआवासीय नेपाली संघ (एनआएनए) का खेलाडी माथि परेको प्रोटेस्टमा कारबाही हुने भएको छ ।

नेपाली राष्ट्रिय टिमका नियमित सदस्यहरु विमल घर्तीमगर, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोग राई, विशाल राई, निशान खड्का र अशोक खवास माथि प्रदेश नम्बर १ ले प्रोटेस्ट हालेको थियो ।

गत बिहीबार प्रदेश नम्बर १ विरुद्धको खेलअघि एनआरएनएको टिममा राष्ट्रिय खेलाडी भएको पाएपछि विवाद भएको थियो ।

जसका कारण डेढ घण्टा ढिलो सुरु हुँदा दुवै हाफ ३५–३५ मिनेटमा घटाइएको खेलमा एनआरएनए २–० ले विजयी भएको थियो । एनआरएनएका लागि विमल र संजोगले एक–एक गोल गरेका थिए ।



Tags: