रामजीप्रसाद बराल
पोखरा, २३ असोज/ गठबन्धनको तर्फबाट माओबादी केन्द्बबाट कास्कीका उम्मेदवारहरु टुंगो लागेको छ । कास्की क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका लागि रामजी बराल उमेद्वार बन्ने भएका छन् ।
उनी अहिले गण्डकी प्रदेश सरकारका अर्थमन्त्री हुन् । त्यसै गरी कास्की कास्की १ क दिपक कोईराला उमेद्वार बन्ने भएका छन् । उनी गण्डकी प्रदेश सरकारका निवर्तमान प्रदेश सांसद हुन् ।
उनी सोही क्षेत्रबाट विजयी भएका थिए । त्यसै गरी कास्की २ क मा विश्व प्रकाश लामिछाने, कास्की ३ ख मा दुर्गादत्त भण्डारीलाई उमेद्वार बनाउने भएको छ ।