कास्की क्षेत्र नम्बर ३ क माओवादीलाई दिएकोमा काग्रेसको आपत्ति

-


     क्लिक गण्डकी     
     असाेज २२ गते २०७९ मा प्रकाशित


नेपाली कांग्रेस

नेपाली कांग्रेस

पोखरा, २२ असोज/ कास्की क्षेत्र नम्बर ३ क माओवादीलाई दिनएको नेपाली काग्रेस कास्की क्षेत्र नम्बर ३ ले आपत्ति जनाएको छ ।

नेपाली काग्रेस कास्की क्षेत्र नम्बर ३ क का सभापति पुष्पेन्द्र पाण्डे र कास्की क्षेत्र नम्बर ३ का सभापति मनोज गुरुङले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।

संयुक्त प्रेस विज्ञप्ति

आसन्न मंसीर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा गठवन्धन दलवीच भएको सहमति अनुसार कास्की क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य नेकपा माओवादी केन्द्रको भागमा परेको भन्ने खवर आएकोमा हाम्रो गभ्भिर ध्यानकर्षण भएको छ ।

गत स्थानीय तहको निर्वाचनमा कास्की क्षेत्र नं. ३ प्रदेश क अन्तर्गत माछापुच्छे« गाँउ पालिकामा अध्यक्ष, उपाध्यक्ष सहिति गाउँपालिका भित्र ७ वटा वडा र प्रदेश अन्तर्गत महानगरका ६ वटा वडाहरु मध्ये ५ वटा वडा नेपाली काँग्रेसका उम्मेदवार विजय भएको जग जायरै छ ।

एकल रुपमा निर्वाचनमा होमिदै गर्दा कास्की जिल्ला भित्र रहेका प्रदेश मध्ये क्षेत्र नं. ३ प्रदेश क काँग्रेस वढि मत र संघमा पनि हामी वलियो हुदै गर्दा गठवन्धन नाममा प्रतिनिधि सभा र प्रदेश सभा क नेकपा माओवादी केन्द्रको भागमा परेको भन्ने खवरले यस क्षेत्र र प्रदेशका आम कार्यकर्तालाई नैरास्यता छाएको छ ।

कास्की जिल्ला क्षेत्र नं. ३ को प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली काँग्रेस वलियो हुदै गर्दा क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमितिसँग कुनै सल्लाह नै नगरी केन्द्रको हचुवाको भरमा गरेको भागवण्डा किमार्थ हामीलाई स्वीकार्य छैन ।
हामी गठवन्धको विरोधमा उत्रिएको भने पटक्कै होइन, जनमतलाई आधार मानेर सम्मान जनक गठवन्धन हुनुपर्दछ भन्ने हाम्रो आवाज हो ।

कास्की जिल्ला क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य क र ख मध्ये गठवन्धन गर्दै गर्दा प्रतिनिधि सभा सदस्य र एक प्रदेश सभा सदस्य वा दुई प्रदेश सभा सदस्य काँग्रेसको भागमा पर्नु पर्दछ भन्ने हाम्रो माग छ । तसर्थ हामीले राखेको यी मागलाई नेपाली काँग्रेस केन्द्रयी कार्यसमितिले गभ्भिरताका साथ लिइ यो निर्णय पुर्नविचार गरोस् भन्ने जोडदार माग गर्दछौं ।

हाम्रो मागलाई वेवास्था गरेमा यस क्षेत्र र प्रदेशका आम कार्यकर्ताको आवजालाई समर्थन गर्दै नेपाली काँग्रेसलाई वचाउनको लागि जस्तो सुकै कदम अगाडि सार्न हामी वाध्य हुने छौ। यसबाट आउने जस्तो सुकै परिणामको जिम्मा केन्द्रीय कार्यसमितिले लिनुपर्ने भन्दै यो संयुक्त विज्ञप्ति प्रकाशति गरेका छौ ।

पुष्पेन्द्र पाण्डे मनोज गुरुङ
सभापति सभापति
नेपाली काँग्रेस कास्की नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३
क्षेत्र नं. ३ प्रदेश क



This will close in 10 seconds