श्रीनाथ बराल र विद्या भट्टराई
पोखरा, २२ असोज/ प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बराल र नेकपा एमालेका केन्द्रीय सदस्य विद्या भट्टराई उमेद्वार बन्ने भएका छन् ।
गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेपछि एकीकृत समाजवादीले बराललाई उमेद्वार बनाउने भएका छ । त्यसैगरी एमालेले भट्टराईलाई उमेद्वार बनाएको छ । भट्टराई कास्की क्षेत्र नम्बर २ बाट निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।
एमाले नेता रवीन्द्र अधिकारी निर्वाचन लढ्दै आएको क्षेत्र नम्बर २ मा अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन पछि उनकी जीवन संगिनी भट्टराईले उपनिर्वाचनमा विजयी हासिल गरेकी थिइन् । बराल जिल्ला विकास समितिको उपसभापति भएर काम गरिसकेका छन् ।
२०७६ सालमा भएको उपनिर्वाचनमा भट्टराईले नेपाली काग्रेसका उमेद्वार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले हराएकी थिइन् । भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याउदा पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरेका थिए ।