गण्डकीमा एमालेका पृथ्वीसुब्बालाई संघको खगराज अधिकारीलाई प्रदेशको टिकट, जगतले पाएनन् (सूचीसहित)

-


     क्लिक गण्डकी     
     असाेज २२ गते २०७९ मा प्रकाशित


सुर्य एमालेको चुनाब चिन्ह

पोखरा, २२ असोज/ नेकपा एमालेले गण्डकी प्रदेशको उम्मेदवार टुंग्याएको छ । तालमेल भएमा तनहुँ–१ छोड्ने गरी १० वटै जिल्लाको उम्मेदवार टुंग्याएको हो ।

एमालेले गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रतिनिधिसभाको टिकट दिएको छ । लमजुङबाट प्रदेशसभा सदस्यकै उम्मेदवार बन्ने तयारीमा जुटेका एमाले उपमहासचिव गुरुङलाई प्रतिनिधिसभाकै टिकट दिने निर्णय भएको एमाले स्रोतले जनायो ।

कास्कीका एमालेका नेता खगराज अधिकारीलाई भने प्रदेशसभाको टिकट दिइएको छ । कास्की–१ (क) को टिकट दिने निर्णयप्रति अधिकारीले असन्तुष्टि जनाएका छन् । उनी संघबाटै चुनाब लड्न चाहेका थिए । कास्कीकी ३ बाट प्रतिनिधि सभामा उमेद्वारी दिने तयारी रहेका जगत विश्वकर्माले टिकट नै पाएनन् ।

कास्की–१ बाट मनबहादुर गुरुङ
प्रदेशतर्फ (क) खगराज अधिकारी र (ख) बाट वेदबहादुर गुरुङ

कास्की–२ विद्या भट्टराई
प्रदेशतर्फ (क) भीम कार्की र (ख) मा मिना गुरुङ

कास्की–३ मा दामोदर वैरागी
प्रदेशतर्फ (क) बाट गणेशमान गुरुङ र (ख) बाट राजीब पहारी

तनहुँ–१ बाट प्रतिनिधिसभामा एकबहादुर राना वा तालमेल
प्रदेशसभा तर्फ (क) मा रामबहादुर गुरुङ र (ख) मा पूर्णबहादुर गुरुङ

तनहुँ–२ बाट किरण गुरुङ
प्रदेशसभा तर्फ केदार सिग्देल र श्यामराज महत

गोरखा–१ बाट रामशरण बस्नेत
प्रदेशमा (क) सुरेन्द्रबहादुर थापा र (ख) मोहन भट्टराई

गोरखा–२ बाट अब्दुस मिया
प्रदेशतर्फ (क) राजु राना र (ख) बाट बसन्त गुरुङ

बाग्लुङ–१ बाट सूर्य पाठक
प्रदेशतर्फ (क) बाट हिराबहादुर केसी र (ख) बाट नवराज पौडेल

बाग्लुङ–२ बाट मञ्ज शर्मा चालिसे
प्रदेशतर्फ (क) बाट प्रकाश बुढा र (ख) बाट लक्ष्मणबहादुर पुन मगर

नवलपुर–१ बाट कृष्ण पौडेल
प्रदेशतर्फ (क) बाट रवीन्द्र अधिकारी र (ख) बाट रोसन गाहामगर

नवलपुर–२ बाट तिलक महत
प्रदेशतर्फ (क) बाट पदम बिसी र (ख) बाट लक्ष्मण पाण्डे

मुस्ताङबाट प्रेम तुलाचन
प्रदेशतर्फ (क) बाट इन्द्रधारा विष्ट र (ख) बाट चन्द्रमोहन गौचन

लमजुङबाट पृथ्वीसुब्बा गुरुङ
प्रदेशतर्फ (क) बाट जमिन्द्रमान घले र (ख) बाट कृष्ण अधिकारी

स्याङ्जा–१ बाट नारायण मरासिनी
प्रदेशतर्फ (क) बाट मिनप्रसाद गुरुङ र (ख) बाट सुधिर पौडेल

स्याङ्जा–२ बाट पद्मा कुमारी अर्याल
प्रदेशतर्फ (क) बाट मोहन रेग्मी र (ख) बाट बुद्धिमान श्रेष्ठ

मनाङबाट पाल्तेन छोपेन गुरुङ
प्रदेशतर्फ (क) दोर्जे डुन्डुल गुरुङ र (ख) मा बाँकी

पर्वतबाट पदम गिरी
प्रदेशसभा तर्फ (क) बाट भक्तबहादुर कुँवर र (ख) बाट मित्रलाल बस्याल

म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ
प्रदेश सभा यम गर्बुजा र देबेन्द्र केसी

Heat Pump Water Heaters in Nepal
Heat Pump Water Heaters in Nepal



Tags: