पोखरा २३ मा सामुदायिक भवन निर्माणका लागि जग्गादान
पोखरा, २९ भदौ/ पोखरा महानगरपालिका २३ ओखलढुङ्गा बस्ने झापा पराजुलीको परिवारले गाउँमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि करीब ०–८–२–१ बराबरको जग्गा दान दिएका छन् ।
झापा पराजुली, उनका छोरा टंकराज, बुहारी ईन्दिराले मालपोत कार्यालय कास्कीबाट ओखलढुङ्गा शिव शक्ति महिला समूह तथा भवन निमार्ण समितिलाई जग्गा रजिष्टे«शन पास गरेर दिएका शिव शक्ति महिला समूहकी अध्यक्ष देबु पराजुलीले जानकारी दिए ।
भवन निमार्ण समितिका शिव शक्ति समूहको सचिब राधी पराजुलीका अनुसार गण्डकी प्रदेश भौतिक योजना मन्त्रालयबाट चालू आर्थिक वर्षमा भवन निमार्णका लागि ५ लाख बजेट छुटिएको बताइन् ।स्थानीय महिला विकास सहकारी, वन, कृषक समूह, युवा क्लबलगायत सामाजिक सङ्घ संस्थाको कार्यालयका लागि सामुदायिक भवन प्रयोग गरिने भएको छ । पहिलो वर्ष एक तले भवन निर्माण गर्न लक्ष्य रहेको भवन निमार्ण समितिका उपाअध्यक्ष राम बहादुर पराजुलीले बताए ।