पोखरामा वृद्धाको घाँटीबाट सुनको सिक्री चुडाए टाप

-


     क्लिक गण्डकी     
     भाद्र २९ गते २०७९ मा प्रकाशित


चोरी

चोरी

पोखरा, २९ भदौ/ पोखरा १५ निराजनचोस्थित एक वृद्धाको घाँटीबाट मंगलबार बिहान सिक्री लुटेको छन् । ८७ वर्षीया दिलमाया थापाले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री विहान घर अगाडिबाटै लुटिएको हो ।

घर छेउमा झार उखेलिरहेको बेला स्कुटरमा आएका दुई युवाले घाँटीमा लगाएको सुनको सिक्री तानेर भागेका हुन् ।
प्रहरीले चोरी गरेर भागेको खोजी भईरहको जनाएको छ ।