लुम्लेको बालमन्दिर माविका अभिषेक न्यौपानेको ४ जीपीए

-


     क्लिक गण्डकी     
     श्रावण १२ गते २०७९ मा प्रकाशित


अभिसेक न्यौपाने

अभिसेक न्यौपाने

पोखरा, १२ साउन/ माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अनुसार कास्की लुम्लेको बालमन्दिर माविका अभिषेक न्यौपानेले ४ जीपीए ल्याएका छन् ।

अर्धसरकारी यस विद्यालयमा कक्षा ५ बाट पढ्दै आएका स्याङजा घर भएका न्यौपानले ४ जीपीए ल्याएका हुन् । काठमाडौंको बुढानिलकण्ठ विद्यालयले छनौट गरी पठाएका १० मध्ये एक विद्यार्थी रहेको बालमन्दिर मावि अन्नपुर्ण गाउँपालिका ३ लुम्लेका प्रधानध्यापक सुरेश देवकोटाले जानकारी दिए ।

उनले शिक्षकको लगनशीलता, विद्यार्थीको मेहनत र अभिभावकको सहयोगका कारण राम्रो नतिजा प्राप्त भएको बताए ।
त्यसै गरी नीजि तर्फ पोखरा ७ मासबार रहेको डिज्निल्याण्ड एकेडेमीकी रितिका पोखरेलले ४ जिपिए ल्याएकी छन् । यस वर्ष देशभरबाट ४२ जनाले मात्रै ४ जिपिए ल्याएका छन् ।

सामुदायीक विद्यालय तर्फ छोरेपाटन माविका दुई विद्यार्थीले ३.९५ जिपिए ल्याएका छन् । कास्कीबाट एसईई परीक्षा उतीर्ण भएका परीक्षार्थीमध्ये सुजन पौडेल र आशुतोष पौडेलले ३.९५ जिपिए ल्याएका हुन् ।