एसईई नतिजामा सामुदायीक तर्फ छोरेपाटन माविका दुई विद्यार्थीलाई ३.९५ जिपिए

-


     क्लिक गण्डकी     
     श्रावण १२ गते २०७९ मा प्रकाशित


छोरेपाटन मावि

छोरेपाटन मावि

पोखरा, १२ साउन/ माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अनुसार कास्कीको सामुदायीक विद्यालय तर्फ छोरेपाटन माविका दुई विद्यार्थीले ३.९५ जिपिए ल्याएका छन् ।

कास्कीबाट एसईई परीक्षा उतीर्ण भएका परीक्षार्थीमध्ये सुजन पौडेल र आशुतोष पौडेलले ३.९५ जिपिए ल्याएका हुन् ।सामुदायीक विद्यालयमा अन्य विद्यार्थीले ३.९५ जिपिए ल्याएका थाहा नपाएको विद्यालयका प्रधानध्यापक डिल्लीराम शर्माले जानकारी दिए ।

सुजन पौडेल

दुबै विद्यार्थी कक्षा ७ बाट छोरेपाटन माविमा पढ्दै आएका उनले बताए । छोरेपाटन माविबाट यस वर्ष २ सय ११ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा अन्य विद्यार्थीको पनि सन्तोष जनक नतिजा आएको शर्माको भनाई छ ।

उनले शिक्षकको लगनशीलता, विद्यार्थीको मेहनत र अभिभावकको सहयोगका कारण राम्रो नतिजा प्राप्त भएको बताए ।
सुजन पौडेले आफ्नो ४ जिपिए नै आउनु पर्नेमा ३.९५ जिपिए आएको बताए । उनले एजपि सबै भन्दा राम्रो भएको विषयमा थोरै नम्बर आएको बताए । आफुले रि टोटलिङ गर्ने बताए ।

निजी तर्फ पोखरा ७ मासबार रहेको डिज्निल्याण्ड एकेडेमीकी रितिका पोखरेलले ४ जिपिए ल्याएकी छन् । यस वर्ष देशभरबाट ४२ जनाले मात्रै ४ जिपिए ल्याएका छन् ।



Krishna Pathak

This will close in 10 seconds