रिर्तिका पोखरेल
पोखरा, ११ साउन/ राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनीक गरेको एसईईको नतिजामा पोखरा डिज्निल्याण्ड एकेडेमीकी रितिका पोखरेलले ४ जीपिए ल्याएकी छन् ।
युकेजीबाट डिज्निल्याण्ड एकेडेमीमा नै पढ्दै आएकी पोखरेले मिहिनेती विद्यार्थीमा रहेको एकेडेमीका प्रिन्सिपल नरेश बरालले बताए । बरालले आफ्नो विद्यालयका विद्यार्थीले ४ जीपिए ल्याउदा खुसि लागेको बताउदै आगामी दिनमा पनि शिक्षक शिक्षिकाले मिहिनेत गरेर विद्यार्थीलाई अध्ययन गराउने बताए ।
यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् ।
यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए । गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीले भाग लिएका थिए ।
गण्डकीबाट ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ७ सय ८४ जना रहेका छन् । त्यसै गरी त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ३ हजार ५ सय १, २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ७ हजार ८७, २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या १० हजार १ सय ८, १२ हजार १ सय २६ ८ हजार ७ सय ७८ रहेका छन् ।
त्यस्तै गरी १.२ देखि २ ल्याउनेको संख्या २ हजार ३ सय २५, जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या १ सय ३३ रहेको छ । गण्डकीबाट ४६ हजार १ सय २९ विद्यार्थी परिक्षमा सहभागी भएका थिए ।