पोखरामा अनलाईन फुड अर्डर सञ्चालनमा
पोखरा, २ साउन/ पोखराको बाझा पाटनमा अवस्थित ‘मिठो खाजा एण्ड होम मेड फ्रोजन मःम सप्लायर्सले फास्ट फुड पनि सञ्चालनमा ल्याएको छ ।
कम्पनीले पहिला फ्रोजन मःम सञ्चालन गर्दै आइरहेकोमा अहिले भने यो कम्पनीले फास्ट फुड पनि संचालनमा ल्याएको हो ।
कम्पनीले दिउँसो १२ बजेदेखि बेलुका ९ः३० बजेसम्म ग्राहकहरुको अर्डरअनुसार घरमै गएर डेलिभरी गर्दै आएको सञ्चालक युवा व्यवसायी रोहित जंग कार्कीले जानकारी दिए ।
नेपाली लोकल टेस्ट जस्तै मटन तास, भुटुवा, छोइला, सुकुटी, मस्म, चाउमिन , बिरयानी लगायत बिभिन्न परिकारहरु यहाँ पाइन्छ ।
आगामी दिनहरुमा पोखरा , लेखनाथ , स्यांग्जा , दमौली , चितवन लगायत बिभिन्न ठाउँमा समेत फ्रोजन मःम र अनलाइन फूड अर्डर बिस्तार गर्ने कार्की ले बताए ।