रामजीप्रसाद बराल
पोखरा, २ साउन/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कास्कीको धम्पुसमा निर्माण हुने प्रदेशकै नमुना सडक आगामी दुई महिनामा निर्माण कार्य सुरु हुने बताउनु भएको छ ।
धम्पुसको प्रगती टोल स्थित नर्मदेश्वर शिवालय मन्दिर परिसरमा आयोजित महायज्ञमा सम्बोधन गर्दै मन्त्री बरालले डोलीडाबाट निर्माण हुने धम्पुसको घट्टेखोला, देउराली, खानीगाँउ हुदै ल्वाङसम्म जाने गण्डकी प्रदेशकै एक नम्बरको रुपमा रहेको उल्लेख गर्दै आगामी २ महिना भित्र निर्माण कार्य सुरु हुने बताउनु भएको हो ।
मन्त्री बरालको बिषेश पहलमा निर्माण हुने उक्त सडक निर्माणमा गुणस्तरिय र छिटो छरितो ढंगले काम गर्न स्थानियले सहजीकरण गर्नु पर्ने समेत बताउनु भयो ।
महायज्ञमा व्यक्तिगत रुपमा १० हजार नगद सहयोग गर्दै मन्त्री बरालले उक्त मन्दिर परियोजनका अपुरा कार्य पुरा गर्न आवश्यक सहयोग गर्ने जनाउनु भयो । करिब ५८ करोडको लागतमा निर्माण हुने उक्त योजनाको डिपिआर समेत भई अब टेण्डरको अन्तिम चरणमा रहेको उहाँले जनाउनु भयो । उक्त सडक निर्माणले समग्र धम्पुस बासी र माछापुच्छ«े गाउँपालिकाको चक्रपथ जोड्न थप सहयोग पुग्ने मन्त्री बरालले विश्वास व्यक्त गर्नु भयो । माछापुच्छ«े गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बैकुण्ठ भण्डारीले प्रदेशको एक नम्बरको सडकको रुपमा धम्पुस सडक परेकोले उक्त सडक निर्माणमा स्थानिय रुपमा पूर्ण रुपमा सहयोग हुने बताउनु भयो ।
नर्मदेश्वर शिवालय मन्दिर परिसरमा धर्मशाला(सत्तल) अतिथि गृह निर्माण एवं अक्षयकोष स्थापनार्थ श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष देब बहादुर गुरुङले बताउनु भयो ।
असार २७ गते देखि संचालन भएको महायज्ञमा कथा शिरोमणि पण्डित दीपक प्रसाद पौडेलले कथा प्रवचन गर्नु भएको छ । साउन २ सोमबारसम्म चल्ने महायज्ञमा विभिन्न झाँकी सहितको भजन कृतन समेत हुने गरेको स्थानिय डिल्लिराम भण्डारीले बताउनु भयो ।