सत्ता गठबन्धन जोगाउन दिल्ली दौडाहामाः पोखरेल

-


     क्लिक गण्डकी     
     श्रावण १ गते २०७९ मा प्रकाशित


सत्ता गठबन्धन जोगाउन दिल्ली दौडाहामाः शंकर पोखरेल

सत्ता गठबन्धन जोगाउन दिल्ली दौडाहामाः शंकर पोखरेल

पोखरा, १ साउन/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन जोगाउन दिल्ली दौडाहमा लागेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई नेता पोखरेलले सत्ता गठबन्धन चुनाब सम्म जोगाउनका लागि उनीहरु दिल्ली पुगेको बताए ।

प्रेस चैतारी गण्डकीले पोखरामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउने भनेर दिल्ली भ्रमणमा गएको बताए । उनले नेपालको राजनीतिलाई खण्ड गर्ने काम भएको बताए । नेता पोखरेलले आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप लगाए ।

उनले अर्थमन्त्रीले बजेट निर्माणका सन्दर्भमा भारतीय नागरिकलाई राजश्वका दर हेरफेर गर्ने सल्लाहकारको रुपमा मन्त्रालयमा सहभागी गराइएको विषय गम्भिर रहेको बताए । उनले २००७ साल पछाडि नेपालको क्याबिनेटमा भारतीय कूटनीतिज्ञ राख्ने चलन थियो भन्ने कुरा इतिहासमा पढ्ने गरेको बताउदै गठबन्धनले मुलुकलाई त्यही बाटोमा लान खाजेको उनको भनाई छ ।

उनले त्यसैको शृङ्खलाका रूपमा सत्ता गठबन्धन आज दिल्ली पुगेको छ । नेपालीको स्वाभिमान झुकेको बताए ।
उनले गठबन्धन सरकारको नीतिगत विचलन र सेटिङका कारण अहिलेको आर्थिक संकट पैदा भएको आरोप लगाए । एमालेको सरकार आए अहिलेको आर्थिक संकट सजिलै पार लाग्ने उनको भनाई छ । उनले नेपालमा धेरै राजनीति पार्टीहरू आवश्यक नभएको भन्दै ध्रुवीकरणमा जानु पर्ने बताए । उनले आगामी निर्वाचनमा ध्रुवीकरण हुने बताए ।

उनले अर्थमन्त्रीले कालो धनलाई सेतो बनाउन लाग्दा गभर्नरमाथि प्रहार गरिएको बताएका छन् । गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रलाई जोगाउन खोज्दा उनीमाथि आक्रमण शुरु भएको बताए ।



Tags: