उपसभामुखमा एमालेबाट पोखराकी विद्या भट्टराईको उम्मेदवारी दर्ता
काठमाडौं, ३० असार/ प्रतिनिधि सभाको उपसभामुखमा नेकपा एमालेले पोखराकी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वर पुगेर भट्टराईले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई उपसभामुखमा उम्मेदवार बनाएको छ । भुसालले मनोनयन दर्ता गराइसकेकी छन् ।