सांसद लामाले जेठाजुको कोषमा ५० लाख छुट्याएको खुल्यो

-


     क्लिक गण्डकी     
     असार २७ गते २०७९ मा प्रकाशित


धनमाया लामा

धनमाया लामा

पोखरा, २७ असार/ गण्डकी प्रदेश सभामा जसपाबाट सांसद धनमाया लामा पोखरेलले पनि परिवारकै सदस्यको प्रतिष्ठानमा ५० लाख विनियोजन गरेको खुलेको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित बजेटमा उनका जेठाजु भीमसेन पोखरेलको नाम खुलेको स्मृति प्रतिष्ठानमा बजेट छुट्टाउन लगाएकी हुन् ।

सिरान चोक गाउँपालिका ५ थुम्कामा युद्ध संग्रहालय स्थापना भन्दै बजेट विनियोजन गराएकी हुन् । प्रतिष्ठानका लागि गत वर्ष पनि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

मुख्यमन्त्री र मन्त्रीहरुले नै आफ्ना बाबुआमाको स्मृतिमा बजेट छुट्टाएको समाचार आएपछि अहिले सबै सांसद र नेताले छुटाउन लगाएको बजेट पनि सार्वजनिक हुने क्रम सुरु भएको छ ।

यसअघि जनमोर्चा सांसद पियारी थापाले पनि प्रदेश सरकारबाट हालसम्म ६० लाख लगिसकेको र आगामी वर्ष ७० लाख छुटाउन लगाएकी सार्वजनिक भैसकेको छ ।



Tags: