कास्कीमा एउटै रूखमा युवा र युवतीको शव फेला

-


     क्लिक गण्डकी     
     असार २७ गते २०७९ मा प्रकाशित


शव

शव

पोखरा, २७ असार/ कास्की अन्नपूर्ण गाउँपालिकाको जंगलमा एउटै रूखमा झुन्डिएको अवस्थामा युवा र युवतीको शव फेला परेको छ ।

कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ पानी पोखरी भन्ने स्थानको जंगलमा युवा र युवती एउटै रूखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

काभ्रेपलान्चोक बनेपा नगरपालिका १ घर भएकी २८ वर्षीय सुदीना कर्मचार्य र ३२ बर्षका दिवाकर थापालाई झुनिडएको अवस्थापमा स्थानीयले फेला पारेका थिए ।

घासँ काट्ना जादा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । कास्की नागडाडा प्रहरी पोष्टबाट घटनास्थल पुगेको थियो ।
प्रहरीले शवको मुचुलका गरेर पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ल्याएको छ ।

शव हेर्दा एक हप्ता भन्दा बढि भईसकेको प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनास्थलबाट उनीहरु नागरिकता भेटिएको छ भने थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।



Tags: