प्रेस युनियनको अध्यक्षमा अनिता बिन्दुको उम्मेदवारी घोषणा

-


     क्लिक गण्डकी     
     असार २३ गते २०७९ मा प्रकाशित


अनिता बिन्दु

अनिता बिन्दु

पोखरा, २३ असार/ नेपाल प्रेस युनियनको ९औ आसन्न महाधिवेशनको लागि अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवार घोषणा गरेकी छन् ।

पोखरामा बुधबार आयोजित युनियन कास्कीको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित युनियन कास्की एवं केन्द्रीय तहका नेताहरुलाई साथमा राखेर उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।

युनियनकी पूर्व उपाध्यक्ष समेत भएकोले अब अध्यक्षको लागि मैदानमा होमिएको बताइन् । उनले कुनै समूह मिले समूहबाट नभए स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी रहने बताइन् । दुई दशकदेखि नेपाल टेलिभिजनमा कार्यरत् अनिता बिन्दुको स्थायी घर गण्डकी प्रदेशकै स्याङ्जा हो ।

यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । हालका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल र राजबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे ।

पत्रकार महासंघ कास्की अध्यक्ष समेत रहेकी बिमला भण्डारीले पनि पदाधिकारीमै उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

केन्द्रीय सदस्यका लागि रेम बिक, परशुराम शर्मा लगायतले चाहना व्यक्त गरेका छन् । युनियनको महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौडामा हुँदैछ ।



Tags: