पुम्दीमा २२ करोडका लगानीमा अनामिका रिट्रिट रिसोर्ट निमार्ण हुदै

-


     क्लिक गण्डकी     
     असार ३ गते २०७९ मा प्रकाशित


पुम्दीमा २२ करोडका लगानीमा अनामिका रिट्रिट रिसोर्ट निमार्ण हुदै

पुम्दीमा २२ करोडका लगानीमा अनामिका रिट्रिट रिसोर्ट निमार्ण हुदै

पोखरा, ३ असार/ पोखरा महानगरपालिका २२ पुम्दीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण सुरु भएको छ । ‘अनामिका रिट्रिट प्रालि’ ले रिसोर्टको काम थाल्दै बुधबार भूमि पूजा गरी शिलान्यास गरिएको छ ।

१२ रोपनी जग्गामा करिब २२ करोड रुपैयाँ लगानीमा रिसोर्ट निर्माण गर्न लागेको प्रालिका अध्यक्ष रमेशकुमार थापाले जानकारी दिए । रिसोर्टमा ४० वटा रुम हुनेछन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी अन्तर्राष्ट्रियस्तरको सुविधा प्रदान गर्ने गरी रिसोर्ट सञ्चालन गर्ने उनले बताए । एक वर्षभित्र निमार्ण सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

उनले रिसोर्टमा थेरापी, साउना, स्टिम सहितका विभिद् सुविधा उपलब्ध हुने छन् । पार्टी तथा मिटिङका लागि विभिन्न हल, स्विमिङ पुल, बच्चाहरुका लागि प्ले ग्राउण्ड, पिकनिक स्पट लगायतको सुविधा पनि रिसोर्टमा उपलब्ध हुने प्रवन्ध निर्देशक विश्वास थापाले जानकारी दिए ।

रिसोर्टको निर्माण आर्या कन्स्ट्रक्सन प्रालिले गर्नेछ । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराका प्रवन्ध निर्देशक रमेशकुमार थापा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष तथा अनामिका ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन् ।



Tags: ,