हिमनदीको संगम स्थल ‘तीनसिर’, पदमार्ग खोज्दै पर्यटन व्यवसायी

-


     क्लिक गण्डकी     
     जेठ २८ गते २०७९ मा प्रकाशित


हिमनदीको संगम स्थल ‘तीनसिर’, पदमार्ग खोज्दै पर्यटन व्यवसायी

हिमनदीको संगम स्थल ‘तीनसिर’, पदमार्ग खोज्दै पर्यटन व्यवसायी तस्बिरः सुदिप गौतम

सागर राज तिमिल्सिना
पोखरा, २८ जेठ/ कास्कीको माछापुच्छे गाउँपालिकामा पर्ने माछापुच्छे हिमालको फेदीबाट शुरु हुन्छ सेती नदिको मुहान । पोखरालाई दुई चिरा पारेर बग्ने सेती नदीको मुहानलाई तीनसिर भनिन्छ । तीनसिरमा पहिले मेला लाग्ने गर्दथ्यो । तर २०५४ साल यता तीनसिर कोही पुगेका छैनन् । पर्यटकीय र धार्मिक महत्वको यो ठाउँमा जार्ने अहिले भने पदमार्ग नै छैन । त्यही पदमार्गको खोजी गर्दै नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले तीनसिर जाने पदमार्गको खोजी थालेको छ । यो ठाउँमा जनैपुर्णिमाका असवरमा मेला लाग्ने गरेको थियो ।

हिमनदीको संगम स्थल ‘तीनसिर’, पदमार्ग खोज्दै पर्यटन व्यवसायी

संघले जेठ १९ देखि एक साता तीनसिर पदमार्ग प्रवर्द्धन तथा हिमनदी पार तालिम आयोजनाको गर्दै पदमार्गको खोजी गरेर फर्किएको छ । तीनसिरको पदमार्ग पहिचानमा गएको २४ जनाको टोलीमा सगरमाथा आरोही दोर्जे शेर्पा पनि थिए । ‘ग्रेट हिमालयन ट्रेल’ घुमेका उनले प्रवर्द्धन गर्ने, खानेपानी र बसोबासको सुविधा पु¥याउन सके भइरहेका रुटभन्दा तीनसिर पदमार्ग बढी चल्ने दाबी गरे ।

तीनसिर पदमार्गको अन्वेषण गरेर, त्यसको डाटा जिपिएसमा लिएर आएका संघका प्रदेश अध्यक्ष शेषकान्त शर्माले बताए । उनले यो पटक तीनसिर पुग्न नसकेपनि अर्कोपटक पुगेरै छाड्ने बताए । उनले पर्यटकीय र धार्मिक रुपमा राम्रो ठाउँ भएका कारण यसको प्रर्वधन गर्न आवश्यक रहेको बताए ।

तीनसिरको यात्रा माछापुच्छ्रे गाउँपालिका १ घाचोकबाट सुरु हुनेछ । पहिलो रात घाचोक, दोस्रो रात हिलेखर्क, तेस्रो रात खुमाइ खर्क, चौँथो रात बुङ्गा खर्क, पाँचौ रात रानी खर्क र छैटौँ रातमा तीनसिर पुग्न उनले बताए । यसका लागि दैनिक पाँच घण्टा हिँड्नुपर्ने उनको भनाई थियो ।

फर्किंदा ३ दिनमा घाचोक आउन सकिन्छ । घाचोकबाट टुसे, सरीपाखा हुँदै गएर हिलेखर्कमा एक रात, खुमाइमा दोस्रो रात बास बस्नलाई होटल छ । पछिको तीन रातका लागि कुनै संरचना छैन । तीनसिरको पहिचान भएमा क्याम्पिङ रुटको रुपमा पनि विकास गर्न सकिने अध्यक्ष शर्मा बताए ।

तीनसिर जाने रुटअन्तर्गत पर्ने रानीखर्क र बुङ्गा खर्कबीचमा डाङडुङे भिर पर्छ । त्यही भिरबाट अहिलेको टोली जान नसकेपछि फिर्किएको छ । तीनसिरको करिब ३७ सय मिटर हाराहारीमा रहेको छ । तीनवटा साना हिमनदी रहेको र त्यो मिसिएर सेती नदी बन्ने भएकाले ठाउँलाई तीनसिर भनिएको किम्बदन्ती छ । यसको धार्मिक महत्व पनि रहेको पर्यटन बोर्ड पोखराका प्रमुख काशी भण्डारीले बताए ।

जाने बाटोमा ठाउँ ठाउँ अहिले नै होटलहरु छन् भने तीन ठाउँमा क्याम्पिङ पदयात्रा चलाउनु पर्दछ । यस क्षेत्रलाई प्रचारप्रसार गर्न सकेमा ५ देखि ७ दिनको अति सुन्दर पर्यटकीइ गन्तव्य हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले बताए । उनले पदयात्रा गर्न, नजिकबाट हिमाल हेर्न, खर्कहरु हेर्न र हिमनदी अनुभव गर्र्न तीनसिर उत्कृष्ट गन्तव्य बन्न सक्ने बताए । माछापुच्छे हिमाल जाने अर्को पर्यटकीय मर्दि पदमार्ग स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रख्यात छ । तीनसिरमा अहिले माछापुच्छे टे«कबाट जान सकिन्छ । तस्बिरहरुः सुदिप गौतम



Tags: , , ,