युवराज कुँबर
पोखरा, ३१ बैशाख / कास्की अन्नपूर्ण गाउँपालिकामा युवराज कुँबरले अग्रता लिएका छन् । नेपाली कांग्रेस उमेद्वार युवराज कुँबर ६ सय ४१ मत प्राप्त गरेका छन् ।
भने नेकपा एमाले विष्णु केसी ६ सय १९ प्राप्त गरेका छन् । अहिले सम्म १४ सय मतगणना भएको छ । अन्नपुर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।