
दुर्घटना
पोखरा, १८ बैशाख/ कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा कार र मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
नौडाँडाबाट पोखरा आउदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई पोखराबाट जादै गरेको ग ३ च ३५२५ नम्बरको कारले ठक्कर दिएको थियो ।
मोटरसाइकलमा सवार पर्वतको कुश्मा नगरपालिका ४ की १८ वर्षीया सविना पुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल चालक ४५ वर्षीय जितबहादुर पुन गम्भीर घाइते छन् । उनीहरु बाबु छोरी हुन् । बाबुको पोखराको मेट्रोसिटी हस्पिटल उपचार भईरहेको छ ।