लुम्बिनी विकास बैंकद्वारा पोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी

-


     क्लिक गण्डकी     
     वैशाख १७ गते २०७९ मा प्रकाशित


लुम्बिनी विकास बैंकद्वारा पोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी

लुम्बिनी विकास बैंकद्वारा पोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी

पोखरा, १७ बैशाख/ लुम्बिनी विकास बैंक लिमिटेडले सर्वसाधारणहरुमा वित्तीय पहुचको विस्तार होस् भन्ने उद्देश्यले पोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी गरेको छ । विभिन्न वित्तिय साक्षरता सम्वन्धित जनचेतना मूलक गतिविधिहरु गर्दै आइरहेको बैंकले पोखरामा प्रभातफेरी गरेको हो ।

बैंकको पोखरामा अवस्थीत न्यूरोड शाखाबाट सुरु भएको प्रभातफेरी कार्यक्रम चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदै पुन न्यूरोड शाखामा आएर समापन भएको थियो । प्रभातफेरीमा बैंकको पोखरा शाखाहरु तथा बैंकको केन्द्रिय कार्यालयबाट समेत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बैंकको सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सबैको पहुँचमा बैंक पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । उनले गाउँमा हैन शहरमा पनि बैंकको पहुँच बाहिर रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सर्वसाधारणहरुमा वित्तीय पहुचको विस्तार होस् भन्ने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बताए । उनले लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ देशभरका विभिन्न शाखाहरुबाट ग्राहक महानुभावहरुलाई उच्च स्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए ।



Tags: