कांग्रेस गण्डकीको कार्यालय तोडफोड
पोखरा, १५ बैशाख/ नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । पोखरा महानगरपालिकामा ३ तेर्सापट्टिस्थित पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन् ।
कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा कास्की प्रहरीले २३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
पोखरा सबै वडामा उमेद्वारी दिएको काग्रेसले फेरी गठबन्ध गरेर वडा बाँडफाँट गर्न लागेको भन्दै पोखरा कांग्रेस कार्यकताहरु आन्दोलनमा उत्रीएका थिए ।
बाँडफाँडका लागि छलफलमा कांग्रेसले केही वडा गुमाउने भएपछि आक्रोशित कांग्रेस कार्यकर्ता नाराबाजी र तोडफोडमा उत्रेकका थिए ।
बिहीबार पाँचदलीय गठबन्धनको साझा घोषणापत्र कार्यक्रममा समेत पोखरा १८ र २४ का काङ्ग्रेस कार्यकर्ताले नाराबाजी गरेर गेटमा तालाबन्दी गरेका थिए । पछि प्रहरी परिचालन गरेर घोषणापत्र सार्वजनिक गरेको थियो ।